नियम ७२
रुपैयाँ लगानी
रिजर्भ कोष र अवमूल्यन (डेप्रिसिएशन) कोषको निमित्त छुट्याइएका सबै रुपैयाँ कर्पोरेशनको मुनाफा भनी राखिनेछ र ती कोषहरूबाट क्रमशः वास्तविक नोक्सानी वा अवमूल्यन (डेप्रिसिएशन) को निमित्त चाहिने व्यवस्था गरी सकेपछि लाभांश भुक्तान गर्नमा पनि लगाउन सक्नेछ । त्यस्तो रुपैयाँ र कर्पोेशनको प्रयोजनको निमित्त तत्काल तुरुन्तै चाहिने अरू सबै रुपैयाँलाई समितिले चाहेको लगानी वा धितो बन्धकमा लगाउन चालू पूँजी सरह
प्रयोग गर्न कुनै बैङ्कमा धितो राख्न सक्नेछ ।